लेख विवरण

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वाणिज्य बैंकले सम्मान गर्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वाणिज्य बैंकले सम्मान गर्ने

काठमाडौं । एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी र अफिसियललाई राष्ट्रिय वाणिज्य बैंकले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकसँगको भेटघाटमा बैंकले पुरस्कार बारे जानकारी गराएको हो । बैंकले क्रिकेट टोलीका खेलाडीलाई जनही एक लाख र अफिसियललाई ५० हजार रुपियाँ पुरस्कारसहित सम्मान गर्नेछ ।

गत वैशाख १९ गते भएको एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गर्दै एसिया कपमा स्थान बनाएको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.