नेपाल, नामिबिया र स्कटल्याण्ड एकदिवसीय सिरिज : स्कटल्याण्डलाई २१२ रनको लक्ष्य
काठमाडौं । नेपाल, नामिबिया र स्कटल्याण्डबीच सुरु भएको एकदिवसीय सिरिजमा घरेलु टोली नामिबियाले स्कटल्याण्डलाई २१२ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरको नामिबियाले ५० ओभरमा ९ विकेट गुमाउदै २११ रन बनायो । टोलीका कप्तान गेर्हार्ड इरास्मसले ९६ रनको अविजित अर्धसतकीय पारी खेले । १३० बलको सामना गरेका उनले ९ चौंका र १ छक्का प्रहार गरे । जोन जोनाथन स्मिथ (जेजे स्मिथ)ले ३८ रन बनाए । डिभान ला कक (२१), बर्नार्ड शोल्ट्ज़ (१३), र विकेटकिपर जेन ग्रीन (१२) रन बनाएर आउट भए ।
स्कटल्याण्डका लागि बलिङमा ब्रेन्डन म्याकमुलेन र सफयान शरिफले समान ३-३ विकेट लिए । कृश सोले र माइकल लीकले नाममा एक एक विकेट रह्यो । २१२ रनको लक्ष्य पाएको स्कटल्याण्डले अब केही बरेमा ब्याटिङ गर्दैछ । आइसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत १८ औं चरणको यो खेल नामिबियामा भइरहेको छ । सिरिज अन्तर्गत भोलीको खेलमा नेपालले आयोजक नामिबियाको सामना गर्नेछ ।
विश्व क्रिकेट लिग २ को अंक तालिकामा नेपाल १७ अंकका साथ ७ औं स्थानमा रहेको छ । आयोजक नामिबिया चौंथो तथा स्कटल्याण्ड दोस्रो स्थानमा रहेको छ । विश्व क्रिकेट लिग २ को अंक तालिकामा शिर्ष ३ मा रहने टोलीले भारतमा हुने २०२३ एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउने छन । भने बाँकी रहेका ४ टोलीले च्यालेन्ज लिगबाट छनोट भएर आएका अन्य २ टोलीसँग विश्वकप छनोट प्लेअफ खेल्नेछ । विश्वकप छनोट प्लेअफमा उत्कृष्ट २ टोलीले २०२३ एकदिवसीय विश्वकपको छनोटमा स्थान बनाउने छ ।

टिप्पणी लेख्नुहोस्