लेख विवरण

नेपाल एकदिवसीय वरियताको १४औं स्थानमा

नेपाल एकदिवसीय वरियताको १४औं स्थानमा

काठमाडौंँ । नेपाल एकदिवसीय वरियताको १४औं स्थानमा उक्लन सफल भएको छ । आईसीसीले बुधवार (आज) जारी गरेको नयाँ वरियतामा नेपाल १४औं स्थानमा उक्लन सफल भएको हो । यसअघि नेपाल वरियताको १५औं स्थानमा रहेको थियो । सन् २०१९ मे महिनामा पनि नेपाल १४ औं स्थानमा रहेको थियो ।

आईसीसी एकदिवसीय विश्कप २०२३ को छनोट खेल्ने तयारीमा रहेको नेपाल भन्दा माथी जिम्बाब्बे रहेको छ । एसोसिएट देशहरुको वरियतामा नेपाल दोस्रो वरियतामा रहन सफल भएको छ । एसोसिएट देशहरुको वरियतामा नेपाल भन्दामाथी स्कटल्याण्ड रहेको छ । आईसीसी एकदिवसीय वरियतामा अष्ट्रेलिया पहिलो स्थानमा रहेको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.