लेख विवरण

नेपाल क्रिकेट संघको वार्षिक साधारण सभा उद्घाटन

नेपाल क्रिकेट संघको वार्षिक साधारण सभा उद्घाटन

धनगढी । कैलालीको धनगढीमा नेपाल क्रिकेट संघको बार्षिक साधारण उद्घाटन भएको छ । समारोहमा युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराज, नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष हरि रेग्मी, पूर्व उपाध्यक्ष एवम् सल्लाहकार नरेश श्रेष्ठ, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक बहादुर सिंह, युवा तथा खेलकुद मन्त्रालयका सचिव दामोदर रेग्मीले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । उद्घाटन सत्रमा नेपाल क्रिकेट संघका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।


उद्घाटन समारोहमा युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजले संघले क्रिकेट विकासमा ध्यान दिनुपर्ने बताए । उनले खेल क्षेत्रमा विगतमा व्यापक राजनीतिकरण हुने प्रचलन बिस्तारै कम हुँदै बताए। खेल संघहरुले खेल छेत्रमा समर्पित व्यक्तिहरूलाई जिम्मेवारी दिँदै अघि बढ्नुपर्छ। राज्यले खेलकुदमा अत्यन्त न्यून बजेट छुट्याउदा पूर्वाधार र प्रतियोगितामा असर परेको छ, त्यसैले अब खेलकुदलाई उद्योगको रूपमा विकास गर्नुपर्ने गहतराजले बताए ।

नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दले नेपाली क्रिकेटलाई स्थापित गर्न संघले निकै ठुलो सङ्घर्ष गर्दै आइरहेको र सरकारी स्तरमा नै क्रिकेट प्रति लगानी कम हुँदै गएको अनुभूति गरेको बताए । उनले क्रिकेटमा अनुशासन कायम गर्न, पारदर्शी रूपमा काम अघि बढाउन वर्तमान कार्यसमिति कटिबद्ध रहेको र नेपाल टी २० लिग सञ्चालन गर्दै क्रिकेटलाई व्यावसायिक बाटोमा अघि बढाउन हामी अघि बढ्दै गरेको बताए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.