लेख विवरण

नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा मुखिया

नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा मुखिया

झापा । नेपाल खेलकुद पत्रकार मञ्च झापाको इन्द्रजित मुखिया अध्यक्षमा सर्वसम्मत चयन भएका छन । विर्तामोडमा आज भएको शाखाको तेस्रो अधिवेशनले तीनवर्षे कार्यकालका लागि मुखियाको नेतृत्वमा समिति चयन गरेको हो । मञ्चको उपाध्यक्षमा प्रेम आचार्य, सचिवमा चिरञ्जीवी घिमिरे, सहसचिवमा भूमिका सुब्बा, कोषाध्यक्षमा प्रकाश बानियाँलाई सर्वसम्मत चयन गरिएको निर्वाचन समितिका संयोजक भगिरथ आलेले बताए ।

उनका अनुसार सदस्यमा रोहित काफ्ले, तीर्थ तिम्सिना, विष्णु श्रेष्ठ, तिलक योञ्जन, नारायण अर्याल र आयुष निरौला चयन भएका छन ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.