लेख विवरण

नेपाल खेलकुद महासंघको अध्यक्षमा परशुराम बस्नेत चयन

नेपाल खेलकुद महासंघको अध्यक्षमा परशुराम बस्नेत चयन

विराटनगर । नेकपा एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघको अध्यक्षमा परशुराम बस्नेत चयन भएका छन्। 

बिराटनगरमा सम्पन्न भएको दोस्रो राष्ट्रिय महाधिवेशनबाट बस्नेत सर्व सम्मत चयन भएका हुन । उनको नेतृत्वमा १ सय ७१ सदस्यीय केन्द्रीय कमिटीसमेत चयन भएको छ ।

फागुन ७ देखि ९ गतेसम्म विराटनगरमा भएको महाधिवेशनले अध्यक्षबाहेक अन्य पदाधिकारी र आयोगका पदाधिकारी भने टुंगो लगाउन बाँकी रहेको छ । बाँकी पदाधिकारीको भने केही दिनमा टुंगो लगाउने गरी महाधिवेसन सम्पन्न भएको छ ।

बस्नेत यसअघि खेलकुद महासंघका संयोजक रहेका थिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.