लेख विवरण

नेपाल टस जितेर ब्याटिङ गर्दै

नेपाल टस जितेर ब्याटिङ गर्दै

काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

ओन्टारियो क्रिकेट क्लबविरुद्धको टी–२० खेलमा नेपाली टिमका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् । यद्यपि कप्तान सन्दीप र आशिफ शेख वैकल्पिक खेलाडीमा रहेका छन् ।

यस अघि नेपालले ओन्टारियोलाई एकदिवसीय खेलमा ६९ रनले पराजित गरेको थियो ।

खेलपछि नेपालले मंगलबार र बुधबार क्यानडासँग दुई एकदिवसीय श्रृंखला खेल्नेछ । यसपछि नेपाली टिम आइसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक श्रृंखलाका लागि स्कटल्यान्ड प्रस्थान गर्नेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.