नेपाल टी–२० क्रिकेट लिग : फार वेस्ट युनाईटेडलाई रनको लक्ष्य
काठमाडौं । नेपाल टी–२० फ्रेन्चाइज क्रिकेट लिगको दोस्रो खेलमा लुम्बिनी अल स्टारले फार वेस्ट युनाईटेडलाई १५३ रनको लक्ष्य लिएको छ । त्रिवि मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाउदै १५२ रन बनायो । टोलीका लागि लाहिरु मिलन्थाले सर्वाधिक ६० रन बनाए । अर्धसतक प्रहार गरेका लाहिरुले ५० बलमा १ छक्का र ८ चौंकाको मद्दतले ६० रन बनाए । लुम्बिनीका कप्तान दिपेन्द्र सिंह ऐरिले ३५ रन बनाए । बिपुल शर्मा १२ र गुलशन झाले २५ रन बनाए ।
बलिङमा फार वेस्ट युनाईटेडका लागि उमर अलीले र करण केशीले समान ३/३ विकेट लिए ।
पुस २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौं नाइट्स पोखरा रेन्जर्स, फार वेस्ट युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारगरी ६ फ्रेन्चाइज टोली सहभागी छन् ।
डबल राउन्ड रोविनको आधारमा जारी प्रतियोगिताको विजेता टोलीले ५५ लाख रुपियाँ प्राप्त गर्नेछ । उपविजेता टोलीले ३० लाख, तेस्रो हुनेले १० लाख र चौथो हुनेले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।
लिगको सर्वोत्कृष्ट खेलाडीलाई पाँच लाख, उत्कृष्ट ब्याटर र बलरलाई समान दुई लाख ५० हजार, उदयीमान खेलाडीलाई एक लाख ८० हजार र हरेक खेलको ‘प्लेयर अफ दि म्याच’लाई ४० हजार रुपियाँ प्रदान गरिने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्