लेख विवरण

नेपाल टी–२० लिग : जनकपुरले फार वेस्टलाई हरायो

नेपाल टी–२० लिग : जनकपुरले फार वेस्टलाई हरायो

काठमाडौं । काठमाडौंमा जारी नेपाल टी–२० क्रिकेट लिगमा जनकपुरले फार वेस्ट युनाइटेडलाई ८२ रनले पराजित गरेको छ । जितका लागि जनकपुरले दिएको एक सय ६२ रनको लक्ष्य पछ्याएको फार वेस्ट १५.१ ओभरमा सवै विकेटको क्षतिमा ७९ रनमा समेटिएको थियो । फार वेस्टका लागि कप्तान हजमतुल्लाह शाहिदीले ३२ रन बनाए । राशिद खानले अविजित १७ रन बनाए । बलिङमा जनकपुरका समिउल्लाह शिनवारीले तीन विकेट लिए । सोमपाल कामी र पवन सराफले दुई दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६१ रन बनाएको थियो । जनकपुरका लागि सन्दिप जोराले ५५ रन बनाए । उनी म्यान अफ दि म्याच घोषित भए । कप्तान ट्राभोन ग्रिफिथले ३२, चाल्डिक वाल्टनले २४, सरफुदिन असरफले २० र राजेश पुलामीले १६ रन बनाए । बलिङमा फार वेस्टका प्रकाश जैसीले तीन विकेट लिए । भुवन कार्कीले दुई तथा नुर अहमेदले एक विकेट लिए ।

जितसँगै सात खेलबाट १० अंक बनाएको जनकपुर प्लेअफ नजिक पुगेको छ । पराजित फार वेस्ट ६ खेलबाट दुई अंक जोड्दै तालिकाको अन्तिममा छ । लगातार हारले फार वेस्टको प्लेअफ पुग्ने सम्भावना कमजोर बनेको छ । पुस २७ गतेसम्म चल्ने प्रतियोगितामा ६ वटा फ्रेन्चाईज टोलीको सहभागिता रहेको छ ।

डबल राउन्ड रोबिनका आधारमा खेलाइने लिगको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउनेछन् । यसैगरी तेस्रो हुनेले १० लाख र चौथो हुनेले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

लिगको सर्वोत्कृष्ट खेलाडीलाई पाँच लाख, उत्कृष्ट ब्याटर र बलरलाई समान दुई लाख ५० हजार, उदयीमान खेलाडीलाई एक लाख ८० हजार र हरेक खेलको ‘प्लेयर अफ दि म्याच’लाई ४० हजार रुपियाँ प्रदान गरिने आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.