लेख विवरण

नेपाल टी-ट्वान्टी क्रिकेट लिगको उपाधि विजेताले ५५ लाख पाउने

नेपाल टी-ट्वान्टी क्रिकेट लिगको उपाधि विजेताले ५५ लाख पाउने

काठमाडौँ । पहिलो संस्करणको नेपाल टी-ट्वान्टी क्रिकेट लिगको उपाधि विजेताले ५५ लाख नगद पुरस्कार पाउने भएको छ । प्रतियोगिताको उपविजेताले भने ३० लाख पाउने छ । त्यसैगरी, तेस्रोले १० लाख तथा चौथों हुनेले ५ लाख पाउने भएका छन् । प्रतियोगिताको प्लेयर अफ द टुनामेन्टले ५ लाख तथा हरेक खेलको प्लेयर अफ द म्याचले ४० हजार प्राप्त गर्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) द्वारा शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनका क्रममा प्रतियोगिताको बारेमा जानकारी गराइएको हो ।

त्रिवि क्रिकेट मैदानमा शनिबारबाट सुरु हुने पहिलो संस्करणको प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड टोलीहरु रहेका छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.