लेख विवरण

नेपाल टी-२० लिगमा त्रिवि क्रिकेट मैदानबाट ’लाइभ बेटिङ’ गर्ने ८ जना पक्राउ

नेपाल टी-२० लिगमा त्रिवि क्रिकेट मैदानबाट ’लाइभ बेटिङ’ गर्ने ८ जना पक्राउ

काठमाडौं । काठमाडौमा जारी नेपाल टी-२० लिगको खेलका क्रममा ‘लाइभ बेटिङ’ गर्दै गरेको अवस्थामा ८ जना पक्राउ परेका छन । उनीहरूलाई दर्शकदीर्घाबाट पक्राउ गरिएको स्रोतले जनाएको छ । हिजो (सोमवार) टियु क्रिकेट मैदानमा नेपाल टी-२० लिगको खेल चलिरहँदा मैदानमै दर्शकहरुको बीचमा बसेर वन एक्स बेट मार्फत बेटिङ गरिरहेका ५ जनालाई गरिएको थियो । पक्राउ परेपछि अनुसन्धानको क्रममा उनीहरु भारतीय नागरिक रहेको खुल्न आएको छ ।

त्यस्तै आजपनि ३ जनालाई खेलकै क्रममा टियु क्रिकेट मैदानबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ । उनीहरु नेपाली नागरिक रहेको खुल्न आएको छ । पक्राउ पर्नेहरु रुपन्देही र सर्लाहीका नागरिक हुन । सबैलाई सीआईबीको नियन्त्रणमा राखिएको छ ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.