लेख विवरण

नेपाल तेक्वान्दो संघद्धारा खेलाडी सिर्जना र प्रशिक्षक कविराजलाई नगदसहित सम्मान

नेपाल तेक्वान्दो संघद्धारा खेलाडी सिर्जना र प्रशिक्षक कविराजलाई नगदसहित सम्मान

काठमाडौंँ । नेपाल तेक्वान्दो संघले पारा तेक्वान्दो खेलाडी सिर्जना घिसिङ र प्रशिक्षक कविराज नेगी लामालाई नगदसहित सम्मान गरेको थियो । खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सिर्जनालाई १ लाख तथा प्रशिक्षक लामालाई २५ हजार नगदसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

गत २०७९ मंसिर २२ गते देखि २४ गते सम्म साउदी अरवियको रियादमा सम्पन्न भएको रियाद २०२२ वल्र्ड पारा तेक्वान्दो ग्राण्ड प्रिस फाईनल जि १० प्रतियोगितामा विश्व वरियतामा रहेका खेलाडीहरु पहिलो फाईटमा मेक्सिकोका खेलाडीलाई हराउदै सेमिफाईनमा ब्रजिलका खेलाडी र फाईनलमा टर्कीका खेलाडीलाई हराउदै सिर्जनाले एतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।

सिर्जनाले एसियाली यूथ पारा खेलकुद २०२१ बहराईन र २०२२ इरानमा सम्पन्न भएको चौथौ डब्लु.टि प्रेसिडेन्ट्स कप एशियन रिजनमा रजत पदक जितेकी थिइन् ।

सृजना घिसिङ्ग, पलेशा गोवर्धन, राम बहादुर अधिकारी, अमिर ब्लोन र लोकराज शाहीले आगामी चिनमा हुने हांग्जाउ २०२२ एशियन पारा गेम्स र फ्रान्समा हुने पेरिस २०२४ पारा ओलम्पिक गेम्सको लागि दैनिक प्रशिक्षण गरिरहेको प्रशिक्षक कविराज नेगी लामाले जानकारी गराए ।

लामा सन् २०१५ देखि नेपाली राष्ट्रिय पारा तेक्वान्दो टिम समाहाल्दै आएकोमा अन्तराष्ट्रिय अफिसियल प्रतियोगिताहरुबाट नेपालको लागि कुल ८ वटा पदक हासिल गर्न सफल प्रशिक्षक हुन् ।

लामाले पारा तेक्वान्दो खेलबाट हांग्जाउ २०२२ एशियन पारा गेम्स र पेरिस २०२४ पाराओलम्पिक गेम्सबाट पदकको ठुलो आशा गरेको बताए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.