लेख विवरण

नेपाल भलिबल संघद्धारा आगामी एक वर्षको वार्षिक कार्यक्रम सार्वजनिक

नेपाल भलिबल संघद्धारा आगामी एक वर्षको वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं । नेपाल भलिबल संघ (एनभिएल) ले आगामी एक वर्षको वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । जितेन्द्रबहादुर चन्दको अध्यक्षमा निर्वाचित केन्द्रीय कार्यसमिति आएपछि एनभिएले २०७९/८० को कार्यक्रम सार्वजनिक गरेको हो । 

बुधबार सार्वजनिक कार्यक्रममा घरेलु प्रतियोगितादेखि अन्तर्राष्ट्रिय प्रतियोगिता, रेफ्री कोर्ष रहेका छन् । यसैगरी, पहिलो पटक हुने भएको फ्रेन्चाइज नेपाल सुपर लिगको समेत समय तोकिएको छ । 

नेपालले यु-२३ एसियन सेन्ट्रल जोन पुरुष भलिवलबाट सुरु गरेर ८० सालमा हुने राष्ट्रिय रेफ्री कोर्षसम्म रहेको छ । यसैगरी, काभा एसियन महिला तथा पुरुष बिच भलिबल, काभा अन्तर्राष्ट्रिय महिला पुरुष, थ्री नेसन्स श्रृंखला, १९औँ एसियन गेम्स, महिला तथा पुरुष मैत्रीपूर्ण खेलरहेका छन् । 

घरेलु प्रतियोगितातर्फ सातौैँ एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप, एनएसएल महिला तथा पुरुष लिग (२०७९), सातौँ आरबिबी एनभिए महिला तथा पुरुष लिग, यु-१५ महिला तथा पुरुष प्रतियोगिता, आठौ एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप, ३४औँ राष्ट्रिय पुरुष तथा २५औँ महिला राष्ट्रिय भलिबल प्रतियोगिता, बीच भलिबल प्रतियोगिता, एनएसएल महिला तथा पुरुष भलिबल (२०८०) रहेको छ । 

No photo description available.
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.