लेख विवरण

नेपाल भारत नेत्रहीन महिला क्रिकेट : श्रृंखलामा नेपाल २–१ ले अगाडि

नेपाल भारत नेत्रहीन महिला क्रिकेट : श्रृंखलामा नेपाल २–१ ले अगाडि

काठमाडौं । नेपाल र भारतबीच जारी टी ट्वान्टी नेत्रहीन महिला क्रिकेट श्रृंखलामा नेपालले २–१ ले अग्रता लिएको छ ।

शुक्रबार काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपाल ९ विकेटले जित हात पार्न सफल भएको छ । टस जितेर फिल्डिङ्ग रोजेको नेपालका लागि भारतीय टोलीले २ सय १५ रनको लक्ष्य पेश गरेको थियो । पाहुना भारतीय टोली निर्धारित २० ओभरमा २ सय १४ रनको विशाल स्कोर पेश गरेको थियो । भारतीय टिमको लागि कप्तान सुष्मा पटेलले ६३, सिमु दासले ४६, उपकप्तान गंगावा निलप्पाले ३९, वसन्ती हंसडाले २३ र फुला सिरेनले १० रन प्रहार गरे भने अन्य खेलाडीले दोहोरो अकं चुम्न सकेनन् । नेपालका लागि निशा चौधरीले १ विकेट लिएकी थिइन भने भने भारतका ४ खेलाडी रनआउट भएका थिए ।

जवाफी व्यटिङ्गमा नेपालले निर्धारित २० ओभरको समाप्तिमा मात्र १ विकेट गुमाएर लक्ष्य हासिल गरेको थियो । नेपालका लागि प्लेयर अफ दी म्याच घोषित विनिता पुनले ६७ वलमा नट आउट १ सय २६ रन प्रहार गरेकी थिइन् । त्यसै गरी मनकेशरी चौधरीले ५६ वलमा ६५ रनको योगदान गर्दा मुना अर्याल भने ४ रनमा अविजित नटआउट रहिन् ।

यो जितका साथ नेपाल पाँच खेलको श्रृंखलामा २ – १ ले अग्रता लिएको छ । त्यस अघि पोखरामा भएको दुई खेलमा एक खेल नेपालले र १ खेलमा पाहुना भारतीय टोली विजय भएको थियो । श्रृंखलाका बाकीँ दुई खेलहरु बैशाख १६ र १७ गते खेलिने छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.