लेख विवरण

नेपाल भ्रमणका लागि स्कटल्याण्डको टोली घोषणा

नेपाल भ्रमणका लागि स्कटल्याण्डको टोली घोषणा

काठमाडौंँ । क्रिकेट स्कटल्यान्डले नेपालमा हुने विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक सिरिजका लागि टोली घोषणा गरेको छ ।

क्रिकेट स्कटल्यान्डले रिची बेरिङटनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीका अन्य सदस्यहरुमा म्याट क्रस (उप(कप्तान), काइल कोट्जर, क्रिस ग्रीव्स, ज्याक जार्विस, माइकल लीस्क, टम म्याकिन्टोस, क्रिस म्याकब्राइड, ब्रान्डन म्यामुलेन, जर्ज मुन्से, सफायान सरिफ, क्रिस सोल, हमजा ताहिर, मार्क वाट र लियाम नेलर रहेका छन् । ज्याक जार्विस र लियाम नेलर पहिलो पटक स्कटल्यान्डको राष्ट्रिय टिममा स्थान बनाएका छन् ।

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको खेल फेबु्रवरी १४ देखी २१ सम्म नेपालमा हुँदै छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.