लेख विवरण

नेपाल राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर

नेपाल राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर

काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा शुक्रबार भारतीय नागरिक मनोज प्रभाकर नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय स्टार अल राउण्डर प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

यस अघि मुख्य प्रशिक्षक पुवुदु दासानायकेले राजीनामा दिएपछि नेपाली टिम कोच विहीन थियो ।

प्रभाकरले रणजी ट्रफि सहित भारतीय राष्ट्रिय टिमबाट ३९ टेस्ट र १३० एकदिवसीय खेल खेलेका छन् । यस्तै, उनले अफगानिस्तान क्रिकेट टिम सहित रणजी ट्रफिमा दिल्ली, राजस्थान र युपी क्रिकेट संघमा काम गरिसकेको अनुभव छ ।

नियुक्ति भएसँगै प्रभाकरले भने, ुनेपाली क्रिकेटसँग काम गर्न इच्छुक छु । जहाँ क्षमतावान् र प्रभावशाली खेलाडी छन् ।ु

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.