लेख विवरण

नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाका कारण अवरुद्ध

नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाका कारण अवरुद्ध

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गतको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाले अवरुद्ध भएको छ । त्रिवि मैदानमा जारी खेलमा वर्षा भएपछि खेल रोकिएको हो ।

पहिला ब्याटिङ गरेको नेपालले २३.२ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाएको छ । नेपालका कुशल भुर्तेल ४३ रन बनाएर आउट भए भने आसिफ शेख ३१ तथा भीम शार्कीले १ रन बनाएर आउट भए । अहिले रोहित पौडेल र कुशल मल्ले नेपालको पारी सम्हालेका छन् ।

पौडेल ३० रन तथा मल्ल ३२ रन बनाएर नटआउट छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.