लेख विवरण

नेपाल र केन्याबीच हुने सिरिजको खेल तालिका सार्वजनिक

नेपाल र केन्याबीच हुने सिरिजको खेल तालिका सार्वजनिक

काठमाडौं । नेपाल र केन्याबीच हुने टी–२० र एक दिवसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार केन्या भ्रमणको खेल तालिका सार्वजनिक गरेको हो ।

नेपालले केन्यसँग पाँच वटा टी–२० सिरिज र तीन वटा एक दिवसीय सिरज खेल्ने तय भएको छ । जस अनुसार नेपालले अगस्ट २५ देखि सेप्टेम्बर ५ तारिखसम्म सिरिज खेल्ने छ । नेपालले पाँच खेलको टी–२० सिरिज अगस्ट २५, २६, २८, २९ र ३० तारिख तथा एक दिवसीय सिरिज सेप्टेम्बर २, ३ र ५ तारिख खेल्नेछ ।

क्यानले केन्या भ्रमणलाई लक्षित गरी सिरिज अघिनै भारतका भारतका मनोज प्रभाकरलाई सोमबार मात्र प्रशिक्षकमा नियुक्त गरि सकेको छ । प्रशिक्षक प्रभाकर शुक्रबारसम्म नेपाल आउने क्यानले जनाएको छ । हालै टोलीका प्रशिक्षक पुबुदु दसानायकेले राजीनमा दिएपछि नेपाली टोली प्रशिक्षक विहिन रहेको थियो । केन्या भ्रमणमा नेपाली टोलीको सम्पूर्ण खर्च केन्या क्रिकेट एसोसिएसनले गर्ने बताईएको छ ।

नेपाली टोलीको घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले केन्या भ्रमणका लागि नेपाली क्रिकेट टोलीको घोषणा पनि गरेको छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको १६ सदस्यीय टोलीमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई समेटिएको छ । यसअघिका विकेट किपर विनोद भण्डारी बाहिरिएका छन ।

टोलीका खेलाडीहरुमा सन्दीपसहित उपकप्तान राहित पौडेल, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, आशिफ शेख, बसिर अहमद, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव कमल, आदिल आलम, करण केसी, अर्जुन साउद, पवन सरार्फ, शाहव आलम, किशोर महत्तो र विवेश यादव रहेका छन ।

वैकल्पिक खेलाडी : जितेन्द्र मुखिया, भीम सार्की, प्रतिश जि.सी. हरि शंकर शाह ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.