लेख विवरण

नेपाल र पाकिस्तानबीचको खेल बर्षाका कारण रोकियो

नेपाल र पाकिस्तानबीचको खेल बर्षाका कारण रोकियो

काठमाडौंँ । हङकङमा जारी एसिसी वुमन्स टि–२० इमर्जिङ टिम्स एसिया अन्तर्गत नेपाल र पाकिस्तान ए बीचको खेल बर्षाको कारण रोकिएको छ ।

मोङकक मैदानमा नेपालकी कप्तना रुबिना क्षेत्रीले टस जितेर फिल्डीङ गर्ने निर्णय गरेपछि पाकिस्तानले ब्याटिङ गरेको थियो । बर्षाको कारण खेल रोकिनु अघि पाकिस्तानले १५ ओभरमा ७ विकेट गुमाएर ६५ रन बनाएको छ ।

नेपालका लागि कबिता जोशी र सिता राना मगरले समान २-२ विकेट तथा कबिता कुँवर र इन्दु बर्माले १-१ विकेट लिएका छन ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.