लेख विवरण

नेपाल र भारतबीच टी–२० श्रंखला आयोजना हुँदै

नेपाल र भारतबीच टी–२० श्रंखला आयोजना हुँदै

काठमाडौंँ । नेत्रहीन क्रिकेट संघ नेपालको आयोजनामा काठमाडौंँ र पोखरामा नेपाल भारत महिला नेत्रहीन टी–२० क्रिकेट श्रंखला आयोजना हुने भएको छ ।

वैशाख १२ देखी १७ सम्म आयोजना हुने प्रतियोगिताका खेलहरु पोखरा क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना हुने नेत्रहीन क्रिकेट संघ नेपालले जनाएको छ ।

संघका अनुसार श्रंखलाको पहिलो र दोस्रो खेल वैशाख १२ र १३ मा पोखरामा हुनेछ भने, बाँकी खेलहरु मुलपानी क्रिकेट मैदानमा १५, १६ र १७ गते आयोजना हुनेछ ।
प्रतियोगिताको उपाधि जित्ने टोलीले रु ७५ हजार तथा दोस्रो हुनेले ४५ हजार प्राप्त गर्ने संघले पत्रकार सम्मेलन मार्फत जनाएको छ ।

साथै प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले रु ५ हजार प्राप्त गर्नेछन ।

प्रतियोगिताको लागि नेत्रहीन क्रिकेट संघ नेपालले भगवती भट्टराईको कप्तानी १५ सदस्यीय टोली घोषणा गरेको छ ।

टोलीमा भगवती भट्टराई (कप्तान), गिता पौडेल (उप–कप्तान), प्रतिभा राई, रिता थापा, मुना अर्याल, माया लुङ्गेली, सुष्मा तामाङ्ग, मनकेशरी चौधरी, कान्ति योगी, सरिता घिमिरे, वनिता मगर सोमाई, दिल्लीसरा धमला, विनिता पुन, निशा चौधरी र विमला राई रहेका छन ।

टोलीको प्रमुख प्रशिक्षकमा रिजन प्रभु, प्रशिक्षक नहेन्द्र निरौला र व्यबस्थापकमा ज्योती केशी रहेका छन ।

समाजले नेत्रहीन व्यक्तिहरुप्रति हेर्ने सोच परिवर्तन गर्न, उनीहरुको खेलकुदप्रतिको अधिकार सुनिश्चित गर्न र अवसर लिएको खण्डमा नेत्रहीन महिलाहरुले पनि समाज र राष्ट्रका लागि केही गर्न सक्छन भन्ने सन्देश प्रवाह गर्न पनि यो प्रतियोगिता आयोजना गर्न लागेको नेत्रहीन क्रिकेट संघ नेपालले जनाएको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.