लेख विवरण

नेपाल र युएईबीचको खेलमा सट्टेबाजी गरेको आशङ्कामा भारतीय नागरिक पक्राउ

नेपाल र युएईबीचको खेलमा सट्टेबाजी गरेको आशङ्कामा भारतीय नागरिक पक्राउ

काठमार्डौं। नेपाल र युएईबीच जारी एकदिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा केही दर्शकलाई आज बिहान प्रहरीले त्रिवि मैदान कीर्तिपुरबाटै पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले खेलमा सट्टेबाजी गरेको आशङ्कामा २० जनाभन्दा बढी दर्शकलाई नियन्त्रणमा लिएको हो ।

बुधबार सम्पन्न दोस्रो खेलमा आईसीसी अम्पायर सत्याले केही दर्शक सट्टेबाजीमा संलग्न रहेको आशङ्कामा नेपाल प्रहरी र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई समेत जानकारी गराएका थिए ।

सिआईबीले सोही जानकारीका आधारमा दर्शकलाई पक्राउ गरेको हो । पक्राउ परेका दर्शकमा भारतीय नागरिक रहेको बताइएको छ ।

नेपालको कानुनले खेलमा कुनै पनि किसिमको सट्टेबाजीलाई वैध मान्दैन । दर्शक दीर्घामा बसेर सट्टेबाजीले बेटिङ गरेको सीआईबीको अनुमान छ ।

सीआईबीले कीर्तिपुर प्रहरी वृत्तको सहयोगमा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सट्टेबाजीमा संलग्नहरुको मोबाइल फोनसमेत नियन्त्रणमा लिइएको जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.