लेख विवरण

नेपाल र युएईबीचको फाइनल खेल वर्षाले अवरुद्ध

नेपाल र युएईबीचको फाइनल खेल वर्षाले अवरुद्ध

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गतको नेपाल र युएईबीचको फाइनल खेल वर्षाले अवरुद्ध भएको छ । त्रिवि मैदानमा जारी खेलमा वर्षा भएपछि खेल रोकिएको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको युएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाएको छ । खेलमा नेपाल आक्रमक रुपमा उत्रिएको छ । 

नेपालले यूएईको पाचौं विकेट लिई सकेको छ । 

नेपालका सन्दीप लामिछानेले रोहन मुस्तफालाई आउट गर्र्दै युएईको पाचौं विकेट लिएका हुन । यसअघि नेपालका लागि करन केसीले दुई तथा सोमपाल कामी र ललित राजबंशीले एक एक विकेट लिएका थिए । यससँगै यूएईले ६० रनमा ५ विकेट गुमाइसकेको छ ।

कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा आइपुगेको हो भने ओमानलाई हराएर यूएई नेपालसँग भिडन आईपुगेको हो । 

नेपाल हालसम्म यो प्रतियोगितामा ११ वटा खेलसम्म अपराजित रहेको छ । आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.