लेख विवरण

नेम्वाङको उम्मेदवारी खारेज गर्न माग

नेम्वाङको उम्मेदवारी खारेज गर्न माग

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का बहुमत केन्द्रीय पदाधिकारीले एन्फा कार्यसमिति बैठक बोलाउन माग गरेका छन् । पदाधिकारीले विभिन्न ६ वटा एजेन्डा माग गर्दै कार्यसमिति बैठक तत्काल बोलाउन अध्यक्ष पङ्कजविक्रम नेम्वाङसमक्ष माग गरेका हुन् ।

बैठक बोलाउन माग गर्नेहरुमा उपाध्यक्षहरु विराजजंग शाही, दीपक खतिवडा र दीर्घबहादुर केसी (कुमार) सहित सदस्यहरु महेन्द्र क्षेत्री, मनिराज विष्ट, मनीष जोशी, रुपेश अधिकारी, भरतबहादुर बुढथापा, रविन्द्र चन्द, रमेश ब्यञ्जनकार, सरिला श्रेष्ठ र टीका लामा छन ।

एन्फाको विधान अनुसार एकतिहाई पदाधिकारीले कार्यसमिति बैठक माग गरेमा अध्यक्षले २१ दिनभित्र बैठक बोलाउनुपर्ने व्यवस्था छ । एन्फामा २१ सदस्यीय कार्यसमिति छ ।

यसअघि एन्फाका बहुमत सदस्यहरुले एसियाली फुटबल महासङ्घ (एएफसी) को नयाँ कार्यसमिति सदस्यका लागि उम्मेदवारी दिएका एन्फा अध्यक्ष नेम्वाङको उम्मेदवारी खारेज गर्न माग गरेका थिए ।

एएफसीको कार्यसमिति सदस्यमा गुपचुप रुपमा नेम्वाङले उम्मेदवारी दिएपछि एन्फामा नयाँ विवाद सुरु भएको हो । बहुमत केन्द्रीय सदस्यहरुले नेम्वाङको उम्मेदवारी खारेज गर्नका लागि एएफसीमा पत्र पठाएका छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.