नेम्वाङलाई सदस्य–सचिवको बधाइ
काठमाडौंँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एसियाली फुटबल महासंघ (एएफसी) को कार्यकारी समितिको सदस्यमा निर्वाचित अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बधाइ दिएका छन् ।
सदस्य–सचिव घिसिङले मंगलबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा नेम्वाङलाई सदस्यमा निर्वाचितमा भएको बधाइ दिदै नेपाली फुटबलसंगै एसियाली फुटबलको विकासमा नेम्वाङले महत्वपूर्ण निर्वाह गर्न सफलताका लागि शुभकामना दिए ।

टिप्पणी लेख्नुहोस्