नेशनल बुद्धिचाल प्रतियोगिताको उपाधि रुपेश र सुजनालाई
काठमाडौं । नेशनल बुद्धिचाल प्रतियोगिताको खुल्लातर्फको उपाधि फिडे मास्टर रुपेश जैसवाल र वोमेन फिडे मास्तर सुजना लोहनीले जितेका छन ।
रुपेश र सुजना बंगलादेशमा यही मे मा हुने वर्ल्ड च्याम्पियन सर्कल एशियन जोनल ३.२ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछन ।
उनीहरुले उब्जेकिस्तानमा हुने एशियन च्याम्पियनसिप र २०२४ मा हंगेरीको बुडापेष्टमा हुने ४५औं चेस ओलम्पियाडको लागि पनि छनोट भएका छन ।
नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त रुपमा संचालित प्रतियोगितामा निकै उत्कृष्ट लयमा रहेका रुपेशले सातौं चरणको खेलमा खेलको ३४औं चालम अर्का फिडे मास्टर क्षितिज भण्डारीसँग बराबरी खेले ।
आठौं चरणको खेलमा दोलखाका राजिव कार्कीले बीचको निकै रोचक खेलमा सफलता हात पारे । राउन्ड रोविनको आधारमा नवौं चरणसम्म हुने प्रतियोगिताको एक चरणको खेल बाँकी रहेको अवस्थामा विजेताले आठ खेलमा सात जीत र एक बराबरी खेल्दै ७.५ अंक जोडेर उपाधि जितेका हुन् । प्रतियोगिता अन्तर्गत नवौ चरणको फाइनल खेल आइतबार हुनेछ।

टिप्पणी लेख्नुहोस्