लेख विवरण

न्युक्यासलसँग टोटेनह्याम फराकिलो अन्तरले पराजित

न्युक्यासलसँग टोटेनह्याम फराकिलो अन्तरले पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेडको गोलको बर्षाका कारण टोटेनह्याम फराकिलो अन्तरले पराजित भएको छ ।

आइतबार साँझ भएको खेलमा पहिलो हाफको २२ मिनेट भित्र हट्सपुर न्युक्यासल युनाइटेडसँग पाँच गोल खाँदै टोटेनह्याम फराकिलो अन्तरले पराजित भएको हो । 

न्युक्यासलको घरेलु मैदानमा भएको खेलको दोस्रो मिनेटमा नै ज्याकव मुर्फीले गोल गर्दै न्युक्यासललाई अग्रता दिलाउन सुरु गरेका थिए ।

छैटौं मिनेटमा जोइलिनटनले गोल गर्दा न्युकासल २–० ले अघि रह्यो।  न्युक्यासल यति मै रोकिएन नवौं मिनेटमा जाकोबले पुन व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे। 

१९ औं मिनेटमा एलेक्जान्डर इसाकले गोल गर्दै न्युकासललाई ४–० को अग्रता दिलाए भने खेलको २१ औं मिनेटमा इसाकले व्यक्तिगत दोस्रो गोल गर्दै न्युकासललाई पहिलो हाफमा नै ५–० को अग्रता दिलाए।

दोस्रो हाफमा भने टोटेनह्यामले न्युकासलको पोष्टमा गोल त फर्कायो । दोस्रो हाफको ४९ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई ५–१ को अबस्थामा ल्याए । टोटेनह्यामले त्यसपछि कुनै गोल गर्न सकेन, बरु  खेलको ६७ औं मिनेटमा कलुम विल्सनले गोल गर्दै न्युकासललाई ६–१ को सानदार जित दिलाए। 

जारी लिगमा न्युक्यासलले ३१ खेलबाट ५९ अङ्क  बनाएको छ भने टोटेनह्यामको ३२ खेलबाट ५३ अङ्क रहेको छ। 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.