लेख विवरण

न्युजिल्याण्डले कराँची, मुल्तान, लाहोर र रावलपिण्डीमा खेल्ने

न्युजिल्याण्डले कराँची, मुल्तान, लाहोर र रावलपिण्डीमा खेल्ने

काठमाडौं । विगत १९ वर्षदेखि पाकिस्तान भ्रमण नगरेको न्युजिल्यान्ड टोलीले अगामी पाँच महिनाको अवधिमा दुई पटक पाकिस्तान भ्रमण गर्ने भएको छ । यस क्रममा टोलीले दुई टेस्ट, आठ एकदिवसीय र पाँच टी–२० अन्तर्राष्ट्रिय खेल्ने भएको छ । जसकारण न्यूजिल्याण्डले क्रिसमस र नयाँ वर्षमा घरेलु मैदानमा कुनै पनि शृङ्खला खेल्ने छैन।

पाकिस्तानमा हुने दुई टेस्ट आईसीसी विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गत हुनेछ, जुन २७ डिसेम्बरदेखि कराँचीमा र ४ जनवरीदेखि मुल्तानमा खेलिनेछ। टोली जनवरी ११, १३ र १५ मा आईसीसी एकदिवसीय सुपर लिगको तीन ओडीआई खेल्न कराची फर्किनेछन्। त्यसपछि न्युजिल्यान्ड अप्रिल र मे मा पुनः पाकिस्तान फर्कनेछ, जहाँ उसले थप पाँच एकदिवसीय खेल खेल्नेछन्। यस अवधिमा पाँच टी(२० सिरिज पनि खेलिनेछ। अप्रिल १३, १५, १६ र १९ मा कराँचीमा चार टी–२० खेल हुनेछन् । त्यसपछि टोली पाँचौं टी(२० (अप्रिल २३) र पहिलो दुई एकदिवसीय (अप्रिल २६ र २८) का लागि लाहोर प्रस्थान गर्नेछन्। शृंखलाको अन्तिम तीन एकदिवसीय खेल मे १, ४ र ७ मा रावलपिण्डीमा हुनेछ ।

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का निर्देशक जाकिर खानले न्युजिल्यान्डविरुद्धको शृंखलाबारे भने, 'न्युजिल्यान्ड उच्च प्रदर्शन गर्ने टोली हो, यस्ता टोलीसँग खेल्नु हाम्रा खेलाडीका लागि फाइदाजनक साबित हुनेछ । न्युजिल्यान्डविरुद्धको शृंखलामा युवा खेलाडीले पनि आफ्ना मनपर्ने खेलाडीलाई खेलिरहेको देख्न पाउनेछन् ।' न्युजिल्यान्डले पछिल्लो पटक सन् २००३ मा पाकिस्तानको भ्रमण गरेको थियो । अस्ट्रेलिया र इङ्ल्यान्डले गत वर्ष पाकिस्तान भ्रमण सुरु हुनुअघि नै स्वदेश फर्केपछि क्रमशः २४ र १७ वर्षपछि पाकिस्तानको भ्रमण गरेको थियो ।

न्युजिल्याण्ड क्रिकेटका प्रमुख कार्यकारी अधिकृत डेभिड ह्वाइटले भने, 'मलाई विश्वास छ, हाम्रा खेलाडीहरु कराँची, मुल्तान, लाहोर र रावलपिण्डी जस्ता स्थानमा खेल्न उत्सुक हुनेछन्। अस्ट्रेलिया र इंग्ल्याण्डको भ्रमणले पाकिस्तान बलियो टिम हो र चुनौतीले हामीलाई पर्खिरहेको देखाएको छ ।'

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.