लेख विवरण

न्यूजिल्याण्ड र भारतपछि इंग्ल्याण्डमा पनि महिला क्रिकेटको तलब संरचनामा परिवर्तन

न्यूजिल्याण्ड र भारतपछि इंग्ल्याण्डमा पनि महिला क्रिकेटको तलब संरचनामा परिवर्तन

काठमाडौं । इङ्ल्यान्ड क्रिकेट बोर्ड (इसीबी) ले सन् २०२४ को अन्त्यसम्ममा देशको महिला क्रिकेट पूर्वाधारमा करिब ३.५ मिलियन यूरो खर्च बढोत्तरी गर्ने भएको छ। यो सँगै इंग्ल्याण्डको घरेलु महिला क्रिकेट खेलाडीको वार्षिक आम्दानीमा करिब २५ हजार युरो वृद्धि हुने भएको छ । भारतमा पनि भर्खरै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले अन्तर्राष्ट्रिय महिला क्रिकेटरलाई पुरुष सरह समान म्याच शुल्कको घोषणा गरेको थियो।

इसीबीले नोभेम्बर १ देखि प्रत्येक क्षेत्रबाट कम्तिमा सात प्रतिभाशाली महिला क्रिकेटरहरूलाई आर्थिक सहयोग गर्ने भएको छ । फेब्रुअरी २०२३ सम्ममा यो संख्या बढाएर १० बनाइनेछ। सन् २०२३ को नयाँ सिजनको सुरुवासँगै यो संख्या १० बाट ८० मा पुग्नेछ । जुन सन् २०२० को भन्दा ठीक दोब्बर हो। इसीबीले यो संख्यालाई जतिसक्दो चाँडो १०० मा ल्याउन चाहेको बताएको छ। यसका साथै बोर्डले महिला क्रिकेटसँग सम्बन्धित कोचिङ स्टाफको तलब पनि बढाउने घोषणा गरेको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.