लेख विवरण

न्वागी मेला भलिबलको उपाधि कालिकालाई

न्वागी मेला भलिबलको उपाधि कालिकालाई

बलेवा । बागलुङको बडिगाड गाउँपालिकामा प्रसिद्ध न्वागी मेलाको अवसरमा आयोजना गरिएको सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिताको उपाधि कालिका टे«निङ सेन्टर वामी गुल्मीले जितेको छ ।

मङ्सिर १० गतेदेखि सुरु भएकोे न्वागी मेलामा आयोजना गरिएको भलिबल प्रतियोगितामा बडिगाड–६ छिसफाटलाई २५–१९, १७–२५, २५–२३, २२–२५ र १६–१४ को सेटमा पराजित गर्दै कालिकाले उपाधि जितेको होे । कालिका टे«निङ सेन्टर वामीले रु एक लाख ११ हजार १११, कप मेडल र प्रमाणपत्र हात पा¥यो भने उपविजेता बडिगाड–६ छिसफाटले ८८ हजार आठ सय ८८ कम मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

वेष्ट सर्भरमा छिसफाटका सुनिल घर्तीमगर, वेष्ट लिफ्टरमा कालिकाका सुजन चोखाल र वेष्ट स्पाइकरमा छिसफाटका विजय थापा मगर पुरस्कृत भए ।

कालिका टे«निङ सेन्टर वामीबाट गण्डकी प्रदेशको सेट टिम र बडिगाड–६ छिसफाटबाट विभागीय टिम सशस्त्र प्रहरी बलका खेलाडी प्रतियोगितामा सहभागी भएका थिए । खेलका अफिसियल संयोजक एवं राष्ट्रिय रेफ्री महेन्द्र शेरचनले वेष्ट बलरमा कालिकाका हरि पाण्डे, वेष्ट लिब्रोमा छिसफाटका विनोद चन्द र वेष्ट पेलेरमा कालिकाकै घनश्याम चौधरी पुरस्कृत भएको जानकारी दिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.