पञ्जाब किंग्सलाई जितका लागि १६० रनको लक्ष्य
काठमाडौंँ । कप्तान केएल राहुलको उत्कृष्ट इनिङ्समा लखनउ सुपरजायन्ट्सले इन्डियन प्रिमियर लिग–२०२३ को २१ औं खेलमा पञ्जाब किंग्सलाई जितका लागि १६० रनको लक्ष्य दिएको छ । लखनउको भारतरत्न अटल बिहारी वाजपेयी एकना मैदानमा भएको खेलमा पञ्जाबले टस जितेर बलिङ रोजेको थियो ।
पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १५९ रन बनाएको थियो । टोलीका लागि कप्तान केएल राहुलले ५६ बलमा ७४ रनको इनिङ खेले । राहुलले आफ्नो पारीमा ८ चौका र एक छक्का प्रहार गरे । जारी आइपिएलमा राहुलको यो पहिलो अर्धशतक हो । योसँगै उनले आईपीएलमा ४ हजार रन पूरा गरेका छन् । काइल मेयर्स २९ रन बनाएर आउट भए । मेयर्स र हुड्डाको विकेट खसेपछि क्रुणाल पाण्ड्याले इनिङ्सलाई अगाडि बढाए । उनले १३ औं ओभरमा टोलीको स्कोर १०० रनमा पुर्याए र ४० बलमा आफ्नो अर्धशतक पूरा गरे। उनी १९ औं ओभरमा ७४ रन बनाएर अर्शदीप सिंहको शिकार बनेका थिए ।
पञ्जाबका साम करणले ३ विकेट लिए भने कागिसो रबाडाले २ विकेट लिए ।अर्शदीप सिंह, हरप्रीत ब्रार र सिकन्दर राजाले एक एक विकेट लिए ।
१६० रनको लक्ष्य पाएको पञ्जाबले अहिले ब्याटिङ गरिरहेको छ ।

टिप्पणी लेख्नुहोस्