लेख विवरण

पल कलिङवुड इंग्ल्यान्ड क्रिकेट टोलीको अन्तरिम मुख्य प्रशिक्षक बन्ने

पल कलिङवुड इंग्ल्यान्ड क्रिकेट टोलीको अन्तरिम मुख्य प्रशिक्षक बन्ने

काठमाडौं । इङ्गल्याण्डका पूर्व क्रिकेटर पाउल कलिङवुडलाई वेस्ट इन्डिजविरुद्ध अर्को महिना हुने टेस्ट सिरिजका लागि टोलीको अन्तरिम मुख्य प्रशिक्षक बनाइने भएको छ । उनले यसअघि पनि इङ्गल्याण्ड क्रिकेट टोलीका लागि काम गरिसकेका छन् ।

कलिङवुडलाई सहायक प्रशिक्षकबाट अगाडी बढाउदै नयाँ जिम्मेवारी दिइने विश्वास गरिएको छ । इङ्ल्यान्ड क्रिकेटका अन्तरिम प्रबन्ध निर्देशक एन्ड्रयू स्ट्रासले कलिङवुडसँग धेरै वर्षसम्म खेलेका छन् र दुवैले एकअर्कालाई सम्मान पनि गर्छन्। यस्तो अवस्थामा उनको कोचिङको क्षमतालाई ध्यानमा राखेर उनलाई यो महत्वपूर्ण जिम्मेवारी दिइने बताइएको छ ।

वेस्ट इन्डिज विरुद्धको टी–२० शृङ्खलामा कलिङवुडले इङ्ल्यान्डलाई प्रशिक्षण दिएका थिए। एसेज भ्रमणमा जाने टोलीलाई टी–२० सिरिजका लागि विश्राम दिइएको थियो । इंग्ल्याण्डका पूर्व ओपनर मार्कस ट्रेस्कोथिकलाई टी–२० सिरीजका लागि सहायक प्रशिक्षकमा नियुक्त गरिएको थियो। तर, वेस्ट इन्डिजले पाँच खेलको टी–२० सिरिजमा इंग्ल्याण्डलाई ३–२ ले हराएको थियो ।

वेस्ट इन्डिजसँगको टी–२० सिरीजमा इङ्ल्यान्ड ३–२ ले पराजित भएपछि कलिङवुड बेलायत फर्किएनन् । उनी आफ्ना तीन छोरीहरूसँग छुट्टी मनाउन बार्बाडोसमै बसेका थिए। इङ्ल्यान्ड क्रिकेटका अन्तरिम प्रबन्ध निर्देशक स्ट्रसले संकेत गरेपछि उनी सेतो बल क्रिकेट फरम्याटको प्रशिक्षक बन्ने तयार भएका छन।

सन २०१० को आईसीसी च्याम्पियन्स ट्रफीमा इङ्गल्याण्डलाई फाइनलमा पुर्याउन उनको भुमिका महत्त्वपूर्ण रहेको थियो । उनको क्रिकेट दिमागले सीमित ओभरको अन्तर्राष्ट्रिय सोचलाई निरन्तरता दिन जारी राखेको छ । उनले समय समयमा खेलाडीलाई सुझाव पनि दिईरहेका हुन्छन ।

इङ्गल्याण्ड क्रिकेट र अष्ट्रेलिया क्रिकेटमा अहिले राजीनामाको बाढी आएको छ । अस्ट्रेलियासँगको एसेज सिरिजमा ०–४ ले पराजित भएपछि इंग्ल्याण्डका मुख्य प्रशिक्षक क्रिस सिल्भरउडले राजीनामा दिएका छन । त्यसपछि टोलीका सहायक प्रशिक्षक ग्राहम थोरपेले पनि राजीनामा दिएका छन् । त्यसलगत्तै अष्ट्रेलियाका पूर्व क्रिकेटर जस्टिन ल्याङ्गरले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन् ।

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.