पहिलो इनिङ्समा पाकिस्तानको ४९९ रन, इंग्ल्याण्ड १५८ रनले अगाडि
काठमाडौं । इंग्ल्याण्ड बिरुद्ध पहिलो टेस्टको पहिलो इनिङ्समा पाकिस्तानले ७ विकेट गुमाएर ४९९ रन बनाएको छ । रावलपिन्डीमा जारी खेलमा पाकिस्तानका कप्तान बाबर आजमले पहिलो टेस्टको तेस्रो दिन शतक प्रहार गरेका छन् । पाकिस्तान टोली पहिलो इनिङ्समा इङ्ल्यान्डको स्कोर (६५७ रन) भन्दा अझै १५८ रनले पछाडि छ।
२ सय २५ रनको ओपनिङ साझेदारी
तेस्रो दिनको खेल पाकिस्तानले १८१र० को स्कोरमा खेल्न सुरु गरेको थियो । टोलीका लागि ओपनर अब्दुल्लाह शफिक र इमाम उल हकले शतक बनाउदै २२५ रनको साझेदारी गरे । शफिकले ११४ र इमामले १२१ रन बनाए । तेस्रो नम्बरमा आएका अजहर अली मात्र २७ रन बनाएर आउट भए । त्यसपछि ब्याटिङमा आएका कप्तान बाबर आजमले पनि शतक प्रहार गरे । बाबरले १३६ रन बनाए ।
कुनै समयमा ४१२ रनमा ३ विकेट रहेको पाकिस्तानले ८५ रन बनाउदा थप ४ विकेट गुमायो । तेस्रो दिनको खेल सकिँदासम्म टोलीले ७ विकेट गुमाएर ४९९ रन बनाएको छ ।
विल ज्याक्सले लिए ३ विकेट
इंग्ल्याण्डका अफ स्पिनर विल ज्याकले ३ विकेट लिए । उनले अब्दुल्लाह शफिक र बाबर आजमको महत्वपूर्ण विकेट लिए । बायाँ हाते स्पिनर ज्याक लिचले २ विकेट लिए । जेम्स एन्डरसन र ओली रोबिन्सनले एक एक सफलता हात पारे ।
बाबर आजमको आठौं टेस्ट शतक
बाबर आजमको यो आठौं टेस्ट शतक हो। उनले पाकिस्तानमा ५ र विदेशमा ३ शतक प्रहार गरेका छन् । इंग्ल्याण्डविरुद्धको उनको यो पहिलो टेस्ट शतक हो। उनले बंगलादेश र न्युजिल्यान्डविरुद्ध एक–एक र अष्ट्रेलियाविरुद्ध दुई शतक प्रहार गरेका छन् । उनले श्रीलंकाविरुद्धको टेस्ट करियरमा सर्वाधिक ३ शतक प्रहार गरेका छन् ।
इंग्ल्याण्डको पहिलो इनिङ्समा ६५७ रन
पहिलो टेस्टमा टस जितेर ब्याटिङ गरेको इंग्ल्याण्डले १०१ ओभरमा ६.५ को रन रेटमा ६५७ रन बनाएको थियो । पहिलो इनिङ्समा इंग्ल्याण्डका लागि ४ ब्याट्सम्यानले शतक प्रहार गरेका थिए । ओपनर ज्याक क्राउलीका अलावा बेन डकेट, ओली पोप र ह्यारी ब्रुकले पनि शतकीय पारी खेले । पाकिस्तानका लागि पहिलो इनिङ्समा जाहिद महमुदले ४ र नसिम शाहले ३ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्