लेख विवरण

पहिलो एकदिवसीयमा चितवन विजयी

पहिलो एकदिवसीयमा चितवन विजयी

हेटौडा । मैत्रीपूर्ण एकदिवसीय श्रंखलामा चितवनले मकवानपुरलाई ६ विकेटले पराजित गरेको छ । हेटौडाको हुप्रा चौरमा टस जितेर ब्याटिङ गरेको मकवानपुरले २९.२ ओभरमा अलआउट हुँदै ११८ रन बनायो । टोलीका लागि ओपनर शुभ कंसाकारले सर्वाधिक ४३ रन बनाए । गौरभ खड्का ३३ रन बनाएर आउट भए । सुमन सुनारले २१ रन बनाए । चितवनका लागि बलिङमा दिपेश श्रेष्ठले सर्वाधिक ४ विकेट लिए । कृष्टन गुरुङ र सौगात ढकालले समान २–२ विकेट लिए । नरेश प्रधाको नाममा एक विकेट रह्यो ।

मकवानपुरले दिएको १ सय १९ रनको लक्ष्य चितवनले २५.५ ओभरमा ४ विकेट गुमाउदै पुरा गर्यो । टोलीको जितमा जेनीश क्षेत्रीले अर्धसतकीय पारी खेल्दै अविजित ६३ रन बनाए । ६३ बलको समाना गर्ने क्रममा उनले ७ चौका र १ छक्का प्रहार गरे । सकल ढकाल (२९) र सुर्यान्सु कोईरालाले (१८) रन बनाएर आउट भए । रिखिन कोईराला २ रनमा अविजित रहे । मकवानपुरका लागि बलिङमा शुभ कंसाकारले २ तथा समिर चौलागाई र पियुष शर्माले समान १–१ विकेट लिए ।

श्रंखला अन्तर्गतको दोस्रो खेल भोली बिहान ९ बजेबाट हुप्रा चौरमा हुने मकवानपुर क्रिकेट संघका सचिव बिनोद बाँनियाले बताए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.