लेख विवरण

पहिलो एकदिवसीयमा नेपाल पराजित

पहिलो एकदिवसीयमा नेपाल पराजित

काठमाडौं । पहिलो एकदिवसीय क्रीकेटमा युएईले नेपाललाई ८४ रनले पराजित गरेको छ । यूएईले दिएको २६४ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा १७९ रन मात्र बनायो । नेपालका लागि ओपनर अर्जुन साउदले अर्धसतकी पारी खेले । उनले ७९ बलमा ५१ रन बनाए । अर्धसतकीय पारी खेलेका अर्का खेलाडी दिपेन्द्र सिंह ऐरी ५४ रन बनाएर आउट भए । ओपनर आसिफ शेख १२ रन बनाएर आउट भए । तल्लो क्रममा ब्याटिङ गर्न आएका गुलशन झाले अविजित १९ रन बनाए । नेपालका अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन ।

यूएईका लागि आयाज अफजल खानले सर्वाधिक ४ विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाएको थियो। युएईका लागि रोहन मुस्ताफाले सर्वाधिक ५३ रनको योगदान दिए। उनले ७३ बलमा ७ चौका प्रहार गरेका थिए। मोहमम्द वासिमले ४१ बलमा ६ चौका र १ छक्का प्रहार गरे। वृत्य अरविन्दले ८२ बलमा ६ चौका प्रहार गरेका थिए। उनीहरूबीच दोस्रो विकेटको लागि ७५ रनको साझेदारी भएको थियो।

युएईकै मध्यक्रमका ब्याटर एलिशान शराफुले २९ र आयान खानले २६ रन बनाए। अहमद राज २५ र जुनैद्द सिद्दीकी १ रनमा अविजित रहे।

नेपालका लागि तीव्र गतिका बलर गुलशन झाले ६ ओभर बलिङ गर्दै २६ रन खर्चिएर २ विकेट लिए। सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १र१ विकेट लिएका थिए ।

यस सिरिजलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिएको क्यानले जनाएको छ । त्रिवि मैदान कीर्तिपुरमा युएई र नेपालबीच दोस्रो खेल ३० गते र तेस्रो खेल मङ्सिर २ गते हुनेछ ।

क्यानले यस सिरिजमा ‘‘म्यान अफ दि सिरिज’’ विजेतालाई ५० हजार र प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ लाई जनही २० हजार रुपियाँ पुरस्कार दिने जनाएको छ । क्यानले सिरिज हेर्न आउने दर्शकका लागि दुई सय रुपियाँ शुल्क तय गरेको पनि जनाएको छ ।

नेपालले युएईसँग झण्डै चार वर्षपछि दुईदेशीय शृंखला खेल्न लागेको हो । यसअघि २०१९ जनवरी/फेब्रुअरीमा नेपालले युएईमा गएर तीन एकदिवशीय अन्तर्राष्ट्रिय र तीन टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखला खेलेको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.