लेख विवरण

पहिलो एकदिवसीयमा पाकिस्तानले न्यूजिल्याण्डलाई ६ विकेटले हरायो

पहिलो एकदिवसीयमा पाकिस्तानले न्यूजिल्याण्डलाई ६ विकेटले हरायो

काठमाडौंँ । पहिलो एकदिवसीय क्रिकेटमा पाकिस्तानले न्यूजिल्याण्डलाई ६ विकेटले पराजित गरेको छ । न्यूजिल्याण्डले दिएको २५६ रनको लक्ष्य पाकिस्तानले ४८.१ ओभरमा पुरा गरेको थियो । टोलीका लागि विकेटकिपर मोहम्मद रिजवान, कप्तान बाबर आजम र ओपनर फखर जमानले अर्धशतकीय पारी खेले ।

पहिलो इनिङ्समा ५ विकेट लिएका नसिम शाह प्लेयर अफ द म्याच भए । तीन एकदिवसीय सिरिजको दोस्रो खेल ११ जनवरीमा कराँचीको नेशनल स्टेडियममा हुनेछ ।

यसअघि टस हारेर ब्याटिङ गरेको न्यूजिल्याण्ड टोलीको सुरुवात राम्रो हुन सकेन । पहिलो ओभरमै ओपनर डेभन कोनवे नसिमको गोल्डेन डकमा बोल्ड भए । कप्तान केन विलियम्सन (२६) ले फिन एलेनसँग ३७ रन जोडे। तर पावरप्लेमा एलेनले पनि २९ रन बनाएर आउट भए ।

मध्यक्रममा डेरिल मिचेल (३६), विकेटकिपर टम लाथम (४२), ग्लेन फिलिप्स (३७), मिचेल सेन्टनर (२१) र टिम साउथीले १५ रन बनाए । माइकल ब्रेसवेलले सर्वाधिक ४३ रन बनाए । सोही क्रममा लोकी फर्गुसन एक रन बनाएर नटआउट रहे भने हेनरी शिपले शून्य रनमा आउट भए ।

पाकिस्तानका नसिम शाहले ५ विकेट लिए । डेब्यु गरेका लेग स्पिनर उसामा मिरले न्यूजिल्याण्ड कप्तान विलियम्सन र लाथमको विकेट लिए । मोहम्मद नवाज र मोहम्मद वासिमले एक एक सफलता हात पारे । पाकिस्तानको बलियो बलिङका अगाडि न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५५ रन मात्र बनायो ।

२५६ रनको लक्ष्य पछ्याएको पाकिस्तानले पावरप्लेमा इमाम उल हक (११) को विकेट गुमाएको थियो । त्यसपछि फखर जमान (५६) ले बाबर आजम (६६)सँग ७८ रनको साझेदारी गरे। फखर आउट भएपछि बाबरले मोहम्मद रिजवान (७७) सँग ६० रन जोडे ।

रिजवानले हरिस सोहेल (३२) सँग ६४ रनको साझेदारी गर्दै टोलीलाई जित नजिक पुर्याए । अन्त्यमा रिजवानले आगा सलमान (१३) को साथमा टोलीलाई जित दिलाए । पाकिस्तानले ४८.१ ओभरमा ४ विकेट गुमाएर २५८ रन बनाएको थियो । न्यूजिल्याण्डका लागि माइकल ब्रेसवेलले सर्वाधिक २ विकेट लिए । टिम साउथी र ग्लेन फिलिप्सले १–१ विकेट लिए ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.