लेख विवरण

पहिलो खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई हरायो

पहिलो खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई हरायो

काठमाडौं । पाकिस्तान र वेस्ट इन्डिजबीच जारी तीन खेलको एकदिवसिय सिरीज अन्तर्गत पहिलो खेलमा पाकिस्तान पाँच विकेटले विजयी भएको छ । जितसँगै पाकिस्तानले सिरीजमा १–० को अग्रता लिएको छ । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले आठ विकेटको क्षतिमा ३०५ रन बनाएको थियो । जवाफमा पाकिस्तानले पाँच विकेटको क्षतिमा चार बल बाँकी छदै लक्ष्य पुरा गर्यो।

पाकिस्तानका कप्तान बाबर आजमले १०३ रनको उत्कृष्ट शतकीय पारी खेले । खुषदिल शाहले २३ बलमा ४१ रन बनाए । यसअघि वेष्ट इन्डिजका शाई होपले १२७ रन बनाउदै शतकीय पारी खेलेका थिए ।

टस जितेर ब्याटिङ रोजेको वेष्ट इन्डिजको सुरुवात राम्रो भएन । टोलीले पहिलो विकेट नौ रनको स्कोरमा गुमायो । त्यसपछि शाइ होप र शम्राह ब्रुक्सले टोलीलाई बलियो अवस्थामा पुर्याउन १५४ रनको साझेदारी गरे। ब्रुक्सले ७० र शाइ होपले १२७ रन बनाए । कप्तान पूरनले आफ्नो टोलीको स्कोर ३०५ मा पुर्याउन २१, रोभम्यान पावेल ३२ र रोमारियन शेफर्ड २५ रनको पारी खेले ।

पाकिस्तानका लागि हरिस राउफले सर्वाधिक चार विकेट लिए । शहिन अफ्रिदीले आफ्नो नाममा दुई विकेट लिदा मोहम्मद नवाज र शादाब खानले एक–एक विकेट लिए ।

३०६ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानको सुरुवात खासै राम्रो भएन । टोलीको पहिलो विकेट २६ रनको स्कोरमा खस्यो । त्यसपछि इमाम(उल–हक र कप्तान बाबरले दोस्रो विकेटका लागि १०३ रन जोडे । इमाम ६५ रनमा आउट हुदा बाबर शतक बनाउदै १०३ रनमा अविजित रहे । बाबरको यो १७ औं एकदिवसीय सतक रहेको थियो । उनले विकेटकिपर मोहम्मद रिजवानसँग पनि १०८ रनको साझेदारी गरे। रिजवानले ५९ रन बनाए । अन्तिममा खुशडिल शाहले २३ बलमा ४१ रन बनाए ।

वेस्ट इन्डिजका लागि अलजरी जोसेपले दुई विकेट लिए । जयडेन सेल्स रोमारियो शेफर्ड र अक्ली होसेनले एक–एक विकेट लिए ।

 

 


 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.