लेख विवरण

पहिलो खेलमा भारत पराजित

पहिलो खेलमा भारत पराजित

काठमाडौं । न्युजिल्यान्ड बिरुद्धको पहिलो टि-२० खेलमा भारत २१ रनले पराजित भएको छ । पाहुना टोली न्युजिल्यान्डले दिएको १७७ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ९ विकेट गुमाउदै १५५ रन मात्र बनायो । टोलीका लागि अर्धसतक बनाएका वासिङटन सुन्दरले २८ बलमा ५० रन बनाए । सुर्य कुमार यादव (४७), कप्तान हाद्र्धिक पाण्डीया (२१) र दिपक होडा (१०) रन बनाएर आउट भए ।

न्युजिल्यान्डका लागि बलिङमा लकी फग्युर्सन, मिचेल बे्रसवेल र मिचेल साज्टेरले समान २२ विकेट लिए । जाकोब डुफि र इश सोधीले १ १ विकेट लिए ।

यसअघि राँचीमा टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउदै १७६ रन बनायो । टोलीका लागि खेलको प्लेयर अफ द म्याच बनेका डेरिल मिचेलले अविजित ५९ रनको योगदान दिए । अर्धसतक बनाएका उनले ३० बलमा ३ चौंका र ५ छक्का प्रहार गरे । ओपनर डेभन कन्वेले पनि ३५ बलमा ५२ रनको अर्धसतकीय पारी खेले । उनले ३५ बलमा ७ चौंका र १ छक्का प्रहार गरे । फिन एलिन (३५) र ग्लीन फिलिप्स (११) रन बनाएर आउट भए ।

भारतका लागि बलिङमा वासिङटन सुन्दरले २ तथा अर्शदिप सिंह, कुलदिप यादव र शिवम माभीले समान एक एक विकेट लिए । हारसँगै भारत ३ खेलको टी-२० सिरिजमा १-० ले पछाडी परेको छ । सिरिजको दोस्रो खेल जनवरी २१ तरिखका दिन लखनउमा हुनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.