लेख विवरण

पहिलो टी–२० मा भारतद्धारा वेस्ट इन्डिज ६८ रनले पराजित

पहिलो टी–२० मा भारतद्धारा वेस्ट इन्डिज ६८ रनले पराजित

काठमाडौं । भारतीय कप्तान रोहित शर्माको शानदार अर्धशतक र दिनेश कार्तिक अविजित ४१रनको मद्दतमा भारतले वेस्ट इन्डिजलाई पहिलो टी–२० मा ६८ रनले पराजित गर्दै तीन खेलको शृङ्खलामा १–० को अग्रता लिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतका लागि कप्तान रोहित शर्मासँगै सूर्यकुमार यादव ओपनिङ गर्न आएका थिए । दुवैले पहिलो विकेटका लागि ४.३ ओभरमा ४४ रन जोडे। वेस्ट इन्डिजका अकिल हुसेनले भारतले ४४ बनाउदा सूर्यकुमारलाई आउट गर्दै साझेदारी तोडेका थिए । यादवले १६ बलमा २४ रन बनाए । त्यसपछि श्रेयस अय्यर (०), ऋषभ पन्त (१४), हार्दिक पाण्ड्या (०१) रनमा आउट हुँदा अर्को छेउबाट रोहितले आक्रामक ब्याटिङ जारी राख्दै अर्धशतक पूरा गरे। रोहितको इनिङ्सलाई जेसन होल्डरले रोक्न सफल भए । रोहितले ४४ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ६४ रन बनाए । रोहित आउट भएपछि रविन्द्र जडेजा पनि १६ रन बनाएर अल्जारी जोसेफको शिकार बने । त्यसपछि दिनेश कार्तिकले १९ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै अविजित ४१ रन बनाए । उनले रविचन्द्रन आश्विनको राम्रो साथ पाए । अश्विनले १० बलमा १ छक्का प्रहार गर्दै अविजित १३ रन बनाए । भारतले २० ओभरमा ६ विकेट गुमाएर १९० रन बनाएको थियो । वेस्ट इन्डिजका लागि अल्जारी जोसेफले २ तथा ओबेद म्याकोय, जेसन होल्डर, अकिल हुसेन र किमो पलले १–१ विकेट लिए ।

जवाफमा वेस्ट इन्डिजको टोली २० ओभरमा ८ विकेट गुमाउदै १२२ रन बनाएर अलआउट भयो । वेस्ट इन्डिजका लागि शमराह ब्रुक्सले २०, निकोलस पूरनले १८ र किमो पाउलले १९ रन बनाए ।

भारतका लागि अर्शदीप सिंह, रवि बिश्नोई र रविचन्द्रन आश्विनले २–२ तथा भुवनेश्वर कुमार र रविन्द्र जडेजाले १–१ विकेट लिए ।

खेलको म्यान अफ द म्याचको अवार्ड दिनेश कार्तिकले पाए ।

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.