पहिलो टेस्को गोल्डकपको उपाधि फ्रेन्डस एफसीलाई
पेनाङ । मलेसियाको पेनाङमा सम्पन्न पहिलो टेस्को गोल्डकपको उपाधि फ्रेन्डस एफसीले जितेको छ । एकदिने खुल्ला नकआउट प्रतियोगितामा फ्रेन्डस एफसीले टेस्को एफसीलाई पराजित गर्दै उपाधीमाथी कब्जा गरेको हो ।
देसा सेमारा अपार्टमेन्ट ब्लक बी को खेल मैदानमा भएको खेलमा उपाधि जितेको फ्रेन्डस एफसीले नगद २५ सय आरएमसंगै टफ्री प्राप्त गर्यो । त्यस्तै उपविजेता टेस्को एफसीले नगद १५ सय आरएमसंगै टफ्री प्राप्त गर्यो ।
टेस्को एफसीको आयोजनामा भएको प्रतियोगितामा मलेसिया पेनाङका विभिन्न स्थानीय क्लबहरुले सहभागिता जनाएको रुबेन बान्तवा राईले बताए ।
स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुला नारालाई जिवन्त तुल्याउन यो प्रतियोगिता आयोजना गरेको टेस्को एफसीले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्