पहिलो टेस्टमा वेस्ट इन्डिजलाई ४९८ रनको लक्ष्य
काठमाडौं । दुई टेष्ट सिरिजको पहिलो खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई जितका लागि ४९८ रनको लक्ष्य दिएको छ । जवाफमा क्यारेबियन टोली चौथो दिनको खेल समाप्त हुँदा आफ्नो दोस्रो इनिङ्समा ३ विकेट गुमाएर १९२ रन बनाएको छ ।
टोलीका कप्तान क्रेग ब्राथवेट (१०१ रन) र काइल मेयर्स (०) रनमा अविजित छन् । अर्थात् वेस्ट इन्डिजलाई अन्तिम दिन थप ३०६ को आवश्यकता रहेको छ । टोलीसँग अझै ९२ ओभर बाँकी रहेको छ ।
लाबुसेनले दोस्रो इनिङ्समा पनि बनाए शतक
त्यसअघि तेस्रो दिनको खेल अष्ट्रेलियाले २९र१ को स्कोरबाट खेल्न सुरु गरेका थियो । टोलीका लागि डेभिड वार्नर अर्धशतक बनाउन चुके र ४८ रन बनाएर आउट भए ।अष्ट्रेलियाका लाबुसेनले टोलीका लागि खेलमा लगातार दोस्रो शतक प्रहार गरे। चौथो दिन उनले १०४ रनको अविजित इनिङ खेले । पहिलो इनिङ्समा उनले २०४ रन बनाउदै दोहोरो शतक बनाएका थिए । चौथो दिन वेस्ट इन्डिजका लागि रुस्टन चेसले मात्र एक विकेट लिए ।
वेस्ट इन्डिजको राम्रो सुरुवात
दोस्रो इनिङ्समा वेस्ट इन्डिजले राम्रो सुरुवात गर्यो । टोलीका लागि ब्राथवेट र चन्द्रपलले पहिलो विकेटको रुपमा ११६ रनको साझेदारी गरे । त्यसपछि वेस्ट इन्डिजले दुई विकेट गुमायो । पहिले विकेटको रुपमा चन्द्रपल र त्यसपछि शमर ब्रुक्स आउट भए । टोलीले तेस्रो विकेटको रुपमा ब्ल्याकवुडलाई गुमायो । चन्द्रपललाई मिचेल स्टार्कले आउट गरेका थिए । त्यसपछिका दुई विकेट अफ स्पिनर नाथन लियोनले लिए ।

टिप्पणी लेख्नुहोस्