लेख विवरण

पाँचपोखरी सुपर ८ क्रिकेट प्रतियोगिता फाल्गुन २७ देखी

पाँचपोखरी सुपर ८ क्रिकेट प्रतियोगिता फाल्गुन २७ देखी

काठमाडौं । “स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने मूल नाराका साथ जितबहादुर खड्का स्मृति पाँचपोखरी सुपर ८ जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ।

खेलकूदका माध्यमबाट पाँचपोखरी थाङ्पाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने उद्देश्यले जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

२०७४ सालबाट सुरु गरि ४ वटा संस्करण सफलतापूर्वक सम्पन्न भैसकेको यस प्रतियोगिताको यो पाँचौँं संस्करण हो । प्रतियोगिता खेलहरु काठमाडौंको मूलपानी क्रिकेट रङ्गशालामा यही २०७८ फागुन २७ गतेदेखि चैत्र ३ गतेसम्म सञ्चालन हुने भएको छ ।

प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका ७ वटा टिम सहभागिता रहनेछ । टिममा सिन्धुपाल्चोक जिल्लाबासी मात्र रहने प्रावधान आयोजकले तय गरेको छ ।

प्रतियोगितामा विजेता र उपविजेता हुने टिमले क्रमशः रु ८०,००० र ४०,००० सहित नगद, ट्रफी, प्रमाणपत्र र मेडल पाउने आयोजकले जनाएको छ । साथै प्रतियोगिताभरीकै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट व्याट्स्म्यान, उत्कृष्ट बलर र उत्कृष्ट अलराउण्डरलाई पनि ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

त्यसैगरी ग्रेट हिमालय क्रिकेट एकेडमीले प्रतियोगिता उत्कृष्ट खेलाडीलाई १ बर्ष तथा उत्कृष्ट बलर ब्याटसम्यानलाई ६ महिना निशुल्क प्रशिक्षण दिने भएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.