पाँच पटकको च्याम्पियन मुम्बई आइपीएलबाट बाहिरियो
काठमाडौं । लखनऊ सुपर जायन्ट्ससँग ३६ रनले पराजित भएसँगै इन्डियन प्रिमियर लिग (आइपीएल) मा मुम्बई इन्डियन्सले लगातार आठौं हार ब्यहोरेको छ ।
आइतबार मुम्बईमा भएको खेलमा पाँच पटकको च्याम्पियन पराजित भएसँगै प्ले अफको सम्भावना पनि लगभग सकिएको छ ।
जितका लागि १६९ रनको लक्ष्य पाएको मुम्बई २० ओभरमा ८ विकेट गुमाउँदै ३२ रनमा समेटियो ।
मुम्बईका रोहित शर्माले सर्वाधिक ३९ रन बनाए । यस्तै तिलक बर्माले ३८ रन बनाए ।
लखनऊका क्रुनाल पान्ड्याले सर्वाधिक ३ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको लखनऊले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रनको योगफल तयार पारेको थियो ।
लखनऊका कप्तान लोकेश राहुलले सर्वाधिक १०३ रन बनाए । मनिष पाण्डेले २२ रन बनाए ।
मुम्बईका काइरन पोलार्ड र राइली मेरिडीथले समान २ २ विकेट लिए ।
जितसंगै लखनऊ ८ खेलबाट ५ जित सहित १० अंक बनाएर चौथो स्थानमा छ । मुम्बई ८ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।

टिप्पणी लेख्नुहोस्