पाकिस्तानले नेपाललाई दियो ८८ रनको लक्ष्य
काठमाडोंँ । हङकङमा जारी एसिसी वुमन्स टि–२० इमर्जिङ टिम्स एसिया अन्तर्गतको खेलमा पाकिस्तान ए ले नेपाललाई ८८ रनको लक्ष्य दिएको छ । मोङकक मैदानमा नेपालकी कप्तना रुबिना क्षेत्रीले टस जितेर फिल्डीङ गर्ने निर्णय गरेपछि पाकिस्तान ए ले ब्याटिङ गरेको थियो ।
पाकिस्तानले १९ ओभर २ बलमा अलआउट हुँदै मात्र ८७ रन बनायो । पाकिस्तानलाई कम स्कोरमा रोक्न नेपालकी इन्दु बर्माले किफायती बलिङ गरिन । उनले ३ ओभरमा ६ रन खर्चेर सर्वाधिक ३ विकेट लिइन । त्यस्तै कबिता कुँवर, कबिता जोशी र सिता राना मगरले समान २-२ विकेट लिए ।
८८ रनको लक्ष्य पाएको नेपालले अब केहीबेरमा ब्याटिङ गर्दैछ ।

टिप्पणी लेख्नुहोस्