लेख विवरण

पाकिस्तानले न्युजिल्याण्डलाई दियो ३३५ रनको लक्ष्य, बाबरले बनाए किर्तिमान

पाकिस्तानले न्युजिल्याण्डलाई दियो ३३५ रनको लक्ष्य, बाबरले बनाए किर्तिमान

काठमाडौंँ । कराँची नेसनल स्टेडियममा पाकिस्तानले न्यूजिल्याण्डलाई जितका लागि ३ सय ३५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ६ विकेट गुमाएर ३ सय ३४ रन बनायो । पाकिस्तानका लागि शाहिनले अन्तिम ओभरमा २२ रन प्रहार गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याए ।

न्यूजिल्याण्ड विरुद्धको पहिलो दुई एकदिवसीय खेलमा शानदार शतक प्रहार गरेका फखर जमान आजको खेलमा चलेनन । उनी १४ रन बनाएर म्याट हेनरीको बलमा विकेटकिपर टम ब्लन्डेलको हातबाट क्याच आउट भए । खराब सुरुवात गरेको पाकिस्तानले सातौं ओभरमै पहिलो विकेट गुमाएको थियो ।

पाकिस्तानका लागि फखर जमानसँगै शान मसूदले ओपनिङ गर्ने मौका पाए । खेलमा शान मसूद आफ्नो अर्धशतक पूरा गर्नबाट चुके । उनले ५५ बलमा ७ चौकाको मद्दतले ४४ रन बनाएर आउट भए ।

कप्तान बाबर आजमले आजको खेलमा आफ्नो एकदिवसीय क्रिकेट करियरको १८ औं शतक प्रहार गरे । उनले ११७ बलमा १०७ रनको इनिङ खेले । यस क्रममा बाबरले १० चौका प्रहार गरे । उनले शतकसँगै ठूलो कीर्तिमान पनि बनाए ।

न्यूजिल्याण्ड विरुद्धको चौथो एकदिवसीय खेलमा पाकिस्तानी कप्तान बाबर आजमले आफ्नो एकदिवसीय करियरको ५ हजार रन पुरा गरेका छन् । उनले ९७ इनिङ्समा यो किर्तिमान बनाए । बाबर एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन पूरा गर्ने विश्वको पहिलो खेलाडी बने ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.