लेख विवरण

पाकिस्तानविरुद्धको टी–२० सिरिजका लागि अफगानिस्तान क्रिकेट टोली घोषणा

पाकिस्तानविरुद्धको टी–२० सिरिजका लागि अफगानिस्तान क्रिकेट टोली घोषणा

काठमाडौंँ । अफगानिस्तानले शारजाहमा पाकिस्तानसँग तीन खेलको टी–२० सिरिज खेल्ने भएको छ । जसका लागि मोहम्मद नाबी अफगानिस्तानको टी–२० टोलीमा फर्किएका छन् । अनक्याप्ड ओपनर सेदिकुल्लाह अटलले पनि टोलीमा स्थान पाएका छन् ।

गत महिना युएईविरुद्धको तीन टी–२० खेल खेलेको अफगानिस्तानको टोलीमा केही परिवर्तन गरिएको छ । रहमत शाह र हजरतुल्लाह जाजईलाई टोलीबाट बाहिर राखिएको छ भने निजात मसूद र जाहिर खानलाई रिजर्भमा राखिएको छ ।

नाबीले अफगानिस्तानबाट अन्तिम पटक गत नोभेम्बरमा श्रीलंकाविरुद्धको एकदिवसीय सिरिज खेलेका थिए । यो सिरिजअघि उनले टी–२० विश्वकपपछि टी–२० टोलीको कप्तानी त्यागेका थिए ।

पाकिस्तान विरुद्धको यो टी(२० सिरिज तीन एकदिवसीयको सट्टामा तय गरिएको हो। एकदिवसीय खेलहरू एउटै विन्डोमा अष्ट्रेलियाले अफगानिस्तानसँग खेल्ने तय भएको थियो, तर तालिबान शासकहरुले केटीहरूको विश्वविद्यालय शिक्षामा प्रतिबन्ध लगाएपछि अस्ट्रेलियाले खेल्न अस्वीकार गर्यो। क्रिकेट अष्ट्रेलियाले अष्ट्रेलिया सरकारसँग परामर्श गरेर यो निर्णय गरेको हो ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) अफगानिस्तानसँगको टी–२० सिरिज खेल्न सहमत भएको छ । पीसीबीका अध्यक्ष नजम सेठीले भने, ‘क्रिकेट र राजनीतिलाई अलग(अलग राख्नुपर्छ।

पाकिस्तानले गत हप्ता सिरिजका लागि आफ्नो टोली घोषणा गरि सकेको छ । टोलीमा बाबर आजम, मोहम्मद रिजवान, शाहिन अफ्रिदी, हरिस रउफ र फखर जमानलाई विश्राम दिइएको छ । अलराउन्डर शादाब खानलाई टोलीको कमाण्ड दिइएको छ । खेलहरु २४, २६ र २७ मार्चमा हुनेछन् ।

अफगानिस्तानको टोलीः राशिद खान (कप्तान), रहमानउल्लाह गुरबाज (विकेटकीपर), इब्राहिम जद्रान, उस्मान घानी, सेदिकुल्लाह अटल, नजिबुल्लाह जद्रान, अफसर जजाई, करिम जनात, मोहम्मद नाबी, अजमातुल्लाह ओमरजाई, गुलबादिन नाइब, शरफुद्दीन अशरफ, नूर अहमद, मुजीब उर रहमान, फरीद अहमद, फजलहक फारुकी र नवीन उल हक ।

रिजर्भ खेलाडीः नङ्ग्याल खरोती, जहिर खान र निजात मसूद ।

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.