पाकिस्तानी पूर्वक्रिकेटर इमरान खान पक्राउ
काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेटर इमरान खान पक्राउ परेका छन् ।
उच्च अदालत बाहिरबाट प्यारामिलिटरी फोर्सले उनलाई पक्राउ गरेको स्थानीय प्रहरीलाई उद्धत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।
प्यारामिलिटरी फोर्सले भ्रष्टाचार मुद्दामा उनलाई पक्राउ गरेको बताइएको छ ।
इस्लामावादस्थित हाइ कोर्टमा भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि उपस्थित हुने क्रममा अदालतको गेटबाटै खान पक्राउ परेको खानको तेहरिक ए इन्साफ पार्टीले जनाएको छ । सो पार्टीले ७० वर्षीय खानलाई सो फोर्सले भ्यानमा हालेर लाँदै गरेको भिडियो सार्वजनिक गरेको छ ।
यसैबीच पाकिस्तानी सरकारका आन्तरिकमन्त्रीले खानलाई राष्ट्रिय धनमा नोक्सान पु¥याएको आरोपमा नियन्त्रणमा लिएको भन्दै पक्राउको पुष्टि गरेको अल जजिराले जनाएको छ ।
खानले भने आफूमाथिको भ्रष्टाचार आरोपलाई राजनीतिक रुपमा प्रेरित भएको भन्दै अस्वीकार गर्दै आएका थिए ।
गतवर्ष अप्रील प्रधानमन्त्रीको रुपमा विश्वासको मत नपाएपछि सरकारबाट बाहिरिएका खान आगामी निर्वाचनका क्याम्पेनमा अघि बढिरहेका छन् ।

टिप्पणी लेख्नुहोस्