लेख विवरण

पाकिस्तान क्रिकेट टोली नेदरल्याण्ड्स भ्रमणमा जाने, यस्तो छ तालिका

पाकिस्तान क्रिकेट टोली नेदरल्याण्ड्स भ्रमणमा जाने, यस्तो छ तालिका

काठमाडौं । अष्ट्रेलियाली टोलीलाई घरेलु भ्रमणमा निम्त्याएको पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीले आगामी अगस्टमा नेदरल्याण्ड्सको भ्रमण गर्ने भएको छ ।यस अवधिमा दुई टोलीबीच तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला हुने भएको छ । भ्रमण अगस्ट १६ बाट सुरु हुनेछ । सिरिजको दोस्रो खेल १८ र तेस्रो २१ अगस्टमा हुनेछ ।खेलहरु रोटरडमको भिओसी क्रिकेट मैदानमा हुनेछ।

पाकिस्तान र नेदरल्याण्ड्सको टोली सन् १९९६ र २००३ को विश्वकपका साथै २००२ को च्याम्पियन्स ट्रफीमा आमनेसामने भइसकेको छ ।त्यसयता यी दुई टोलीबीचको यो पहिलो द्विपक्षीय एकदिवसीय सिरिज हो ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.