पाकिस्तान टी-२० विश्वकपको फाइनलमा
काठमाडौं । पाकिस्तान अष्ट्रेलियामा जारी टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । पाकिस्तानले न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै फाइलन प्रवेश गरेको हो । टोलीको जितमा विकेट किपर तथा ओपनर मोहम्मद रिजवानले ४३ बलमा ५७ रन बनाए । कप्तान बाबर आजमले ४२ बलमा ५३ बनाए । मोहम्मद हरिशले २६ बलमा ३० रनको योगदान दिए । शान मसूद (३) र इफ्तिखार अहमद (०) रनमा अविजित रहे । बलिङमा न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्ट २ तथा मिचेल सेन्टनरले एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउदै १५२ रन बनाएको थियो । टोलीका लागि डेरिल मिचेल अर्धसतकिय पारी खेल्दै ३५ बलमा अविजित ५३ रन बनाएका थिए । कप्तान केन विलियम्सनले ४२ बलमा ४६ रन बनाए । डेभन कन्वेले २१ रन बनाउदा जेम्स निशम १६ रनमा अविजित रहे । बलिङमा पाकिस्तानका लागि शाहीन शाह अफ्रिदीले २ तथा मोहम्मद नवाजले एक विकेट लिए । खेलको प्लेयर अफ द म्याच मोहम्मद रिजवान भए ।
अब फाइनलमा पाकिस्तानले दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल बिहीबार भारत र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताको फाइनल खेल १३ नोभेम्बरका दिन मेलर्बनमा हुनेछ ।




टिप्पणी लेख्नुहोस्