लेख विवरण

पाकिस्तान बिरुद्धको टेष्ट सिरिज इंग्ल्याण्डले जित्यो

पाकिस्तान बिरुद्धको टेष्ट सिरिज इंग्ल्याण्डले जित्यो

काठमाडौँ । पहिलो खेलमा शानदार जित निकालेको इंग्ल्याण्डले पाकिस्तान बिरुद्धको टेष्ट सिरिज जितेको छ । १७ वर्षपछि पाकिस्तानी भूमिमा सिरिज खेल्न आएको इंग्ल्यान्डले दोस्रो टेस्टको चौथो दिनमै शानदार जित हात पार्यो । मुल्तानमा भएको खेलमा इंग्ल्याण्डले पाकिस्तानलाई २६ रनले पराजित गर्यो । जितसँगै इंग्ल्याण्डको टोलीले तीन खेलको सिरिजमा २–० को अग्रता बनाएको छ ।

रावलपिण्डीमा भएको पहिलो खेलमा जित हात पारेको इङ्ल्यान्डले दोस्रो टेस्टमा पनि पाकिस्तानलाई पराजित गर्यो । इंग्ल्याण्डले जितका लागि दिएको ३५५ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानको टोली ३२८ रनमा अलआउट भयो ।

त्यसअघि पहिलो इनिङ्समा २८१ रन बनाएको इंग्ल्याण्डले दोस्रो इनिङ्समा पाकिस्तानलाई २०२ रनमा अलआउट बनाएको थियो । दोस्रो इनिङ्समा ७९ रनको अग्रता लिएर मैदान उत्रिएको इङ्ल्यान्डको टोली २७५ रन बनाउदै पाकिस्तानलाई ३५५ रनको लक्ष्य दिएको थियो ।

चौथो दिनको खेलमा पाकिस्तानले चार विकेट गुमाएर १९८ रन बनायो । टोलीको खातामा ११ रन थपिएपछि फहिम अशरफ ब्यक्तिगत १० रन बनाएर आउट भए । उनको विकेट जो रुटले लिए । त्यसपछि मोहम्मद नवाजले हिजोका अविजित ब्याट्सम्यान साउद शकीलसँग उत्कृष्ट साझेदारी गर्दै पाकिस्तानलाई खेलमा फर्काए । दुवैले ८० रनको साझेदारी गरे । २९० रनको स्कोरमा मोहम्मद नवाज र शकील एक रनको अन्तरालमा आउट भए । शकील शतक बनाउन चुके । उनले २१३ बलमा आठ चौकाको मद्दतले ९४ रन बनाए । नवाज ४५ रन बनाएर आउट भए । अशरफलाई पनि रुटले आउट गरे । शकिलको विकेट मार्क वुडले लिए ।

त्यसपछि अबरार अहमदले १२ बलमा चार चौका प्रहार गर्दै १७ रन बनाएर इङ्ल्यान्डमाथी दबाब सिर्जना गर्ने प्रयास गरे । तर जेम्स एन्डरसनले उनलाई आउट बनाए । लगतै वुडले जाहिद महमुदलाई बोल्ड गर्दै पाकिस्तानको नवौं विकेट खसाले।

३१९ रनको स्कोरमा पाकिस्तानको नवौं विकेट खस्यो । त्यसपछि ब्याटिङ गर्न आएका आगा सलमानले केही राम्रा सटहरु प्रहार गर्दै पाकिस्तानलाई जितको नजिक पुर्याए । यता इङ्ल्यान्डका कप्तान बेन स्टोक्सले बलिङ परिवर्तन गर्दे एली रोबिन्सनलाई ल्याए जसले अर्को छेउमा उभिएका महमुदलाई आउट गरेर पाकिस्तानको इनिङ्स समाप्त गरे। पाकिस्तानले यसअघि घरेलु मैदान अष्ट्रेलियासँगको सिरिज पनि गुमाएको थियो ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.