लेख विवरण

पाकिस्तान बिरुद्धको टेस्टमा इङल्याण्डले पहिलो इनिङ्समा बनायो ६५७ रन

पाकिस्तान बिरुद्धको टेस्टमा इङल्याण्डले पहिलो इनिङ्समा बनायो ६५७ रन

काठमाडौं । पाकिस्तान भ्रमणमा रहेको इङल्याण्डल पहिलो टेस्टको पहिलो इनिङ्समा ६५७ रन बनाएर अलआउट भएको छ । टोलीले पहिलो र दोस्रो दिनको खेलमा १०१ ओभर खेल्दै विशाल स्कोर खडा गरेको हो ।

इङल्याण्डल लागि ह्यारी ब्रुकले सर्वाधिक १५३ रन बनाए । जक क्राली (१२२), ओलीइ पोपे (१०८) र बेन डकेट (१०७) रन बनाएर आउट भए । पहिलो दिन ४ विकेट गुमाएर ५०६ रन बनाएको इङल्याण्डलले दोस्रो दिनको खेलमा बाँकी ६ विकेट गुमाएर थप १५१ रन जोड्यो ।

पाकिस्तानका लागि बलिङमा आफ्नो पहिलो टेस्ट खेलिरहेका लेग स्पिनर जाहिद महमूदले सर्वाधिक ४ विकेट लिए । त्यस्तै नसिम शाहले ३ तथा मोहम्मद अलीले २ विकेट लिए । हरिस रउफको नाममा १ विकेट रह्यो ।

दोस्रो दिनको खेलमा ब्याटिङ गरेको पाकिस्तानले खेल समाप्त हुँदा सम्म पहिलो इनिङ्समा कुनैपनि विकेट नगुमाएर १८१ रन बनायो । टोलीका दुवै ओपनर क्रमश ८९ र ९० रनमा अविजित रहे । तेस्रो दिनको खेल शनिबार (भोली) बिहान १०ः१५ बजे सुरु हुनेछ ।

त्यसअघि दोस्रो दिनको खेलमा इङल्याण्डको सुरुवात राम्रो हुन सकेन । खेलको पहिलो ओभरमै नसिम शाहले बेन स्टोक्सलाई बोल्ड आउट बनाए । स्टोक्सले १८ बलमा ४१ रन बनाए । स्टोक्स आउट भएपछि लियाम लिभिङस्टोन (९) पनि नसिम शाहको शिकार बने ।

दोस्रो दिनको खेलमा ब्रुकले आफ्नो स्कोरमा ५२ रन थपे । उनी १५३ रन बनाएर आउट भए । ब्रुकको विकेट पनि नसिमले लिए । त्यसपछि क्रिजमा आएका विल ज्याक्सले ३० र ओली रोबिन्सनले ३७ रन बनाए । ज्याक लिच ६ रन बनाएर अविजित रहे ।

इङल्याण्डको विशाल स्कोर अगाडि पाकिस्तानले पनि कडा जवाफ दिएको छ । पाकिस्तानले पहिलो इनिङ्समा एक विकेट पनि गुमाएको छैन । टोलीका ओपनर अब्दुल्ला शफिक र इमाम उल हकले दिनको अन्त्यसम्ममा १८१ रन जोडे । अब्दुल्लाले अविजित ८९ र इमाम उल हकले ९० रन बनाएर अविजित छन ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.